काठमाडौं- सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उनिहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफूलाई उभ्याएका हुन्।
गठबन्धनका विपक्षमा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर देखिएका छन् । यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन्। तर, उनी गठबन्धनका पक्षमा छैनन् । कर्णालीका सभापति माओवादीले दु:ख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा देखिएका छन् ।
केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ। प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । प्रदेश १ का उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।
उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासिनहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आइतबार पनि गरि सकिएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation