९ कार्तिक २०८३, आइतबार

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

  • २८ चैत २०७९, मङ्गलबार
Image

काठमाडौं- न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कार आरोपमा आफ्नै कान्छी श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो। 

उनलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदातल कपिलवस्तुले उनलाई पक्राउका लागि अनुमति दिएको थियो।

गिरीलाई अनुसन्धान र कारबाहीका लागी कपिलवस्तुमा पठाइने काठमाडौका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन्।



प्रतिक्रिया

सम्बन्धित खवर