काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा कुटपिटको कारण एक जनाको ज्यान गएको छ।
२९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो।
पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए।
घाइते मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा सम्लग्न पासाङ लामा शेर्पा र उनका श्रीमान् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation