८ कार्तिक २०८३, शनिबार

प्रचण्ड सरकारका १०० दिने उपलब्धि सार्वजनिक (पूर्ण पाठ)

  • २० चैत २०७९, सोमबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार गठनको १०० दिन उपलब्धि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको  विवरण सोमबार सार्वजनिक गरेको हो।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार  सम्हालेका थिए।

प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ।

सरकारले १०० दिनमा आफ्नो उपलब्धि ३७ बुँदामा समेटेको छ।  सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २८३ जना मृतक कामदारका परिवारलाई राहत वितरण गरिएको प्रचण्ड सरकारको उपलब्धिमा राखिएको छ।

ठेक्का लिएर काम पूरा नगने, बीचमै काम छोड्ने तथा काममा विलम्ब गने निर्माण व्यर्वसायीहरूलाई सचेत गराइएको पनि उपलब्धिमा समावेश छ। मिटरब्याजी पीडतहरूको समस्या समाधानका लागि वर्तमान सरकारले विशेष पहल गरेको उपलब्धिमा उल्लेख छ। 

यस्तो छ प्रचण्ड सरकारको १०० दिने ३७ बुँदे उपलब्धि

" target="_blank">

प्रतिक्रिया

सम्बन्धित खवर