८ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा बैठक पनि शुक्रबारसम्मका लागि स्थगित

  • २० असार २०८०, बुधबार
Image

काठमाडौं- विपक्षी दलहरूको अवरोधका कारण बुधबार संसदका दुवै सदनका बैठक स्थगित भएका छन्। सुरुमा राष्ट्रियसभा बैठक स्थगित भएको थियो। प्रतिनिधिसभा बैठक पनि शुक्रबारसम्मका लागि स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै एमालेलगायतका विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। तर, तोकिएको सो समयमा पनि बैठक सुरु हुन सकेन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले अर्को बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि बोलाएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए। एमालेलगायत विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै एमालेले बुधबार दुवै सदन अवरुद्ध गरेको हो। 


प्रतिक्रिया

सम्बन्धित खवर