८ कार्तिक २०८३, शनिबार

कांग्रेसले उपनिर्वाचनका लागि महामन्त्रीद्वय थापा र शर्मालाई खटाउने

  • १९ चैत २०७९, आइतबार
Image

काठमाडौं- वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने भएको छ। वैशाख १० गते प्रतिनिधि सभाका ३ वटा क्षेत्रमा उपनिर्वाचन हुन लागेकोमा कांग्रेसले २ वटा क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ।

कांग्रेसले तनहुँ १ र चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारी गरेको छ। कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा महामन्त्री गगन थापालाई चुनावी कमाण्डर बनाएर खटाउने भएको छ। यस्तै, चितवन २ मा अर्का महामन्त्री शर्मालाई चुनावी कमाण्डर बनाएर पठाउने भएको छ।

आइतबार बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रद्वय थापा र शर्मालाई उपनिर्वाचनको कमाण्डर बनाएर खटाउने निर्णय गरेको सहमहामन्त्री वद्री पाण्डेले जानकारी दिए। उपनिर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन हुने कार्यक्रम छ।

उम्मेदवारहरुको मनोनयनका क्रममा महामन्त्री थापा तनहुँ १ र शर्मा चितवन २ मा जाने भएका छन्। कांग्रेसबाट तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बन्ने तय भएको छ। यस्तै, चितवन २ मा जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर