काठमाडौं- संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation