१६ चैत २०८०, शुक्रबार

आज बस्ने भनिएको माओवादी केन्द्रको बैठक स्थगित

  • २१ असार २०७९, मङ्गलबार
Image

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो । यो कार्यसूची अब बुधबारका लागि सरेको छ ।

१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर