काठमाडौं- 'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ दिवसका रुपमा मनाउने व्यवस्था गरेपछि त्यसविरुद्ध द्वन्द्वपीडितहरू सर्वोच्च अदालत पुगेका हुन्।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन। रिट अध्ययन गरी दर्ता गर्ने वा नगर्ने निर्णय भोलि मात्र हुने उनले बताए। प्रचण्ड नेतृत्वको सरकारले गत फागुन १ मा ‘जनयुद्ध दिवस’मनाएको थियो भने वार्षिक क्यालेन्डरमा पनि समावेश गरेको थियो।
मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। माओवादी सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई दिवसका रुपमा मनाएपछि त्यसको आलोचना भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation