आराध्यदेव भगवान शिवको आराध्यस्थल पशुपतिनाथ आफैमा धार्मीक दृष्टिकोणले निकै महत्वपूर्ण छ । त्यहाँ दैनिक हुने नित्यकर्मले त्यहाँ पुग्ने धर्मावलम्बीहरुको मनलाई साच्चै स्वच्छ र शान्त तुल्याउँछ नै । अझ त्यसमा थपिएको योगाबिधीको प्रयोगले सुनमा सुगन्ध फैलिएको छ ।
यसरी तिन दशक देखी निरन्तर रुपमा योगकर्मीहरुलाई योगाज्ञान दिइरहेका महात्मा शुशिलले झन् त्यो सुगन्धलाई फैलाउन महत्वपूर्ण भूमीका खेलीरहेका छन् । योगको माध्यमले पाशुपत क्षेत्रको प्रचार प्रसारमा पनि उत्तिकै तल्लिन रहेका छन् योगाचार्य सुशील ।

आफनो योगकलाको माध्यमले हजारौँ भक्तहरुलाई योगका विधिहरु प्रशिक्षण गराई रहेका योगाचार्य सुशील यो क्षेत्रमा सक्रिय रहनु भएको ४५ वर्ष पुगीसकेको छ । योगाचार्य सुशीलले आफनै सकृयतामा चारवटा योग केन्द« स्थापना गरिसकेका छन् ।
सबै मानिसहरु स्वस्थ, तन्दुरुस्त रहेमात्र देश स्वास्थ्य रहने बताउने योगाचार्य सुशील जीवलाई शिव बनाउन सक्ने विभिन्न मार्ग मध्ये योग ध्यानको मार्ग पनि एक भएको बताउँछन् । यीनै योग सम्वन्धि बिषयमा ध्यान केन्द्रित हुँदै योगाचार्य सुशील सँग लोक कलमकर्मी युवराज ढुंङ्गेलले गरेको वार्ता :
योग भनेको के हो ?
योग भनेको मिलन हो । जव आत्माले शरीर छोड्छ त्यो जिव वा प्राणि परमात्मासँग मिल्ने माध्यमलाई योग भनिन्छ । शरीरमा प्राण छदाँकै योग भनेको हाम्रो शरीरमा जिव आत्मा छ यो जिव जुन दिन परमात्मासँग मिल्छ त्यो बेला हाम्रो यो भौतिक शरीरसँग जोडिएको हुदँैन । अरुले देख्दा हाम्रो बाहिरी संरचना देख्छ भने हाम्रो अन्तरआत्मा भएको हुन्छ भने त्यसलाई हामी योग भन्छौँ ।
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ ।
योग र योगासनको सम्बन्ध कस्तो रहेको हुन्छ ?
योग भनेको मिलन र योगासन भनेको नियमबद्ध रुपमा वस्नु वा आसन गर्नु भन्ने वुझिन्छ । हाम्रो शरिरमा देखा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेका रोगहरुलाई शरिरमा लाग्न नदिनु, अगाडी नै निरोगी हुँदै योगासनबाट रोग लाग्नै नदिन योगासन गरिन्छ । यदि कसैको शरिरमा रोगहरु छन् । जस्तै पेट ठूलो छ भने योगका आसनहरु प्रयोग गरेर विना औषधीको माध्यमबाट छुट्कार पाँउन सकिन्छ । शरिर कमजोर छ भने योगासनबाट शरिरमा थप उर्जा वा वल प्राप्त गर्न सकिन्छ । योगासनले हाम्रो शरिरमा रहेको रोगको निभारन गर्न मद्दत गर्दछ । साथै हाम्रो शरिरमा ९ हजार ७ सय २० भन्दा बढी नसाहरु रहेका छन् । जसको शुद्धिकरणको लागि पनि योगाभ्यासले ठूलो भूमीका खेलेको हुन्छ ।
हड्डीका प्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली, रक्तसंञ्चार प्रणाली, मांसपेशी तन्दुरुस्त, ग्रन्थि प्रणाली, मलमुत्र प्रणालीलाई योगाभ्यासले स्वस्थ राख्न ठूलो भुमिका खेलेको हुन्छ ।
योगाभ्यास बिहान खाली पेटमा र वेलुका गरेर जम्मा दुई पटक गर्न सकिन्छ । यसरी योगाभ्यास गर्दा निरोगी हुन्छ ।
योगाभ्यासका आसनहरु ८४ लाख भन्दा बढि छन् । जसमा सवैले गर्नु पर्ने आसन भनेको पद्ममासन, बज्रासन सिद्घासनसुखं आसन, सभासन, पर्दछ ।
आसन सिद्धिका लागि ध्यान दिनु पर्ने कुराहरु के के हुन सक्छन् ?
आसन गर्दा इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति तीनै शक्तिलाई सक्रिय गर्नु आवश्यक छ ।
आसन खाली पेटमा गर्नु पर्दछ । आसन दिनमा दुई पटक गर्दा उत्तम हुन्छ जुन विहान बेलुका गर्दा राम्रो हुन्छ ।
स्नान गरी आसन गर्नु पर्दछ तर केही कारणवश आसन स्नान पहिले पनि गर्न सकिन्छ ।
आसन स्वच्छ शान्त एकान्त खुल्ला ठाँउमा गर्नु पर्दछ ।
जसलाई उच्च रक्तचाप छ उसले अगाडि झक्ने खालका आसनहरु गर्नु पर्दछ ।
योग आसनका कति प्रकारहरु रहेका हुन्छन्रु
८४ लाख आसनहरु मध्य केही आसनहरु ः
वृक्षासन
द्धिकोणासन
त्रिकोणासन
अद्र्धचन्द«ासन
पादहस्तासन
उत्कटासन
वज्रासन
सुप्तवज्रासन
कूर्मासन
उष्ट्रासन
पद्यासन
मत्स्यासन
गोमुखासन
जानुशिरासन
पश्चिमोत्तानासन
सर्पासन
सलभासन
धनुरासन
मयूरासन
ह्रदयस्तम्भासन
नौकासन
पवनमुक्तासन
चक्रासन
सर्वाङसन
हलासन
कर्णपीडासन
शीर्षासन
शिवासन आदि रहेका छन् ।
योगासनमा बस्दा कस्ता—कस्ता रोगहरु निको हुन्छ ?
हाड सम्वन्धी, नसा च्यापिएको, पेट सम्वन्धी, रक्तसंञ्चार, श्वासप्रस्वस, छाला सम्वन्धि, जोर्नि सम्वन्धि, शरिरका सम्पुर्ण रोगहरु योगासनबाट समाधन हुन्छ । शरिरमा हुने जति सुकै रोगहरु रहेका छन्, सामान्य रोग देखि जटिल हुँदै क्यान्सर हुनबाट समेत योगासनले यसता रोगहरु हुनबाट बचाउँछ । जुन शारिरिक रोगहरुबाट उत्पन्न हुने रोग जस्तौ बाथ रोग, पित्तरोग, कपरोगलाई यी तिन रोगहरुलाई योग दर्शनले यी मात्र शारीरिक रोग हो भन्दछ । यो रोगहरु बायक हाम्रो शरिरमा अन्य रोगहरु नरहेको कुरा योग दर्शनले बताउँछ ।
बाथ रोगबाट उत्पन्न हुने रोगहरु १२० प्रकारका रहेका हुन्छ , पित्तरोगबाट उत्पन्न हुने रोगहरु ८० प्रकारका रहेको हुन्छ भने कपरोगबाट उत्पन्न हुने रोगहरु ४० प्रकारका रहेको हुन्छ । त्यसैले यो योगासन गर्नाले हाम्रो शरिर वा वाथरोग, पित्तरोग र कपरोगलाई सन्तुलनमा ल्याउन योगासनले सहयोग पुराउदछ । जसले गर्दा शारिरीक रोगहरु मात्र नभई मानसिक रोगहरुमा पनि विस्तारै सन्तुलनमा ल्याउने काम गर्दछ ।
योगासन कसरी गर्न सकिन्छ ?
योगासन भनेको नियमवद्ध रुपमा बस्ने वा मेरुदण्डलाई र गर्दनलाई लामो समयसम्म सिधा राख्ने प्रक्रिया भन्ने बुझिन्छ । सामान्य अर्थमा भन्दा विधि पूर्वक बस्ने, आसन गर्ने भन्ने वुझिन्छ । जस्तै पाद्यम आसन, वज्रासन आसन, सिद्धा आसन, सुखं आसन, सभा आसन पर्दछ । तिमध्ये राति सुत्दा सुत्ने पनि एक आसन नै हो , उतानो परेर सवै हात खुट्टा छोढेर शिवको जस्तो शिव आसन मरेको जस्तो रुपमा सुन्नु नै सभा आसन हो ।
आसन भनेको विभिन्न रुपमा शरीरलाई तन्काउने, खुम्चाउने, लर्काउने, मर्काउने, दाँया, बायाँ गर्ने जस्ता धेरै किसिमले आसन गर्न सकिन्छ । जसबाट शरिरमा रहेका रस नाडिहरु तन्किन्छन् जसले गर्दा रक्क्तसंञ्चार प्रक्रियालाई प्रभावकारी रुपमा फाइदाँ पुग्दछ । जसका कारणले आधा भन्दा बढि रोगहरु यसले लाग्न दिदैन । योगासन गर्दा विहान वा साझाँ पखा गर्नू उत्तम मानिन्छ । जसले गर्दा पाचन अङ्गहरुलाई राम्रो बनाउँछ । हामीले यसरी आसन गर्दा हाम्रो शरिरमा रहेका १ सय ७ वटा जोर्निहरुलाई मद्दत पुग्दछ जसले गर्दा जोर्नि सम्बन्धि रोगहरु हुन दिदैन ।
योगासन कस्ता उमेरका व्यक्तिले गर्न सक्छन् ?
योगासन गर्दा यसमा उमेरको हक हुदैन । उमेर अनुसार गर्न सकिन्छ । तर योगासनमा पनि गाह्रो गाह्रो आसनहरु पनि रहेका छन जसलाई उमेर हेरेर सिकाउने वा गर्नु पर्दछ । सामान्यतया १२ वर्ष माथि देखि योगासनको गाह्रो गाह्रो आसनहरु गर्न सकिन्छ । मानिस नमरुन्जेल सम्म योगासन गर्नाले मानिसको आयु बद्न सक्छ । शिर्ष आसन, धनुष आसन, चक्र आसन, जस्ता कडा आसनहरु वृद्ध अवस्थाका मानिसहरुले पनि गरेको पाइन्छ, जो व्यक्तिहरुले निममित रुपमा योगासन गर्दछ उसले जस्तो सुकै कडा खालको योगासन गर्न सक्छ । जसले आसननै गरेको छैन उसले सजीलो पाद्यम आसन, वज्रासन, सिद्धा आसन, सुखा आसन, सभा आसन जस्ता सामान्य आसन गर्नु पर्दछ जुन हामी सबैले गर्दै आएका पनि छँै ।
योग आसनका फाइदाहरु के के हुन सक्छन् ?
शारिरिक सुःस्वास्थ्य राख्न मदत गर्दछ । हड्डीका प्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली, मांसपेशी तन्दुरुस्थ , ग्रन्थि प्रणाली, मलमुत्र प्रणालीलाई यसले राम्रो प्रतिफल दिन्छ । हाम्रो ज्ञानिन्द«हरुलाई सुस्त, दुरुस्थ राख्न मर्दत गर्दछ र शरिरको सवै अंग प्रत्याङगहरुलाई चलायमान गर्न यसले मद्दत गर्दछ । शरिरमा थप बल पैदा गर्दछ । मनबल बढ्छ, मानसिक रोगहरु घटाउछ, चितहरु पवित्र हुन्छ , सकारात्मक भावनाको विकास हुन्छ, शरिरमा शक्ति पैदा गर्दछ, बाझोपन हुनबाट रोक्छ, क्यान्सरबाट जोगाउछ, इच्छा शक्ति बढाउछ, अध्यात्मिक, ज्ञान,भौतिक ज्ञान प्राप्त हुन्छ गर्न यसको ठुलो महत्तो रहेको हुन्छ । आसन गर्दा शरीरको लचिलोपना, मांसपेशी बलियो पार्छ, हाम्रो वस्ने आसनलाई निश्चित गर्छ, नशा तथा जोर्निहरुको समस्या निको पार्छ, रक्तसञ्चारमा राहत हुन्छ, रोगसँग लड्ने क्षमता बढाउँछ ,मुटुरोग हुन दिदैँन र रक्तचापलाई सन्तुलन गर्छ साथै यौन शक्ति बढाउँछ ।
योग र मनको सम्वन्ध कस्तो रहेको हुन्छ ?
योग मनसँग जोडिने भएकाले मन सवै जिवित प्राणिहरुमा रहेको हुन्छ । मन दुई प्रकारका हुन्छन् एक शुद्ध मन भएको र अर्को अशुद्ध भएका मानिसहरु रहेका हुन्छन् । शुद्ध मन भएका मानिसले शद्ध भाव, विचार, र सकारात्मक कुराहरु ल्याउछन् र उसको चेतना जहिले पनि शुद्ध रहेको हुन्छ । भने अशद्ध मन भएका मानिसका भाव, विचार सवै नकारात्मक रहेको हुन्छ । मन पापी, पाप कर्म मात्र गर्न तयार हुने प्रवृतिका मानिसहरु पनि रहेका हुन्छन् । निन्द्रा लागि रहने, शरिर आलशे हुने सुति रहुँ लाग्ने मन भएका मानिसहरु पनि रहेका हुन्छन् । अर्का त्यसता व्यक्तिहरु पनि रहेका हुन्छन् जो अरुको कुभलो चिताउने, कुकर्म गर्ने, कुर कार्य गर्ने, ल्ुट्ने, चोर्ने, कुट्ने, जस्ता मानसिक प्रवृति रहेको हुन्छन् । कसैको मन खाने, खेल्ने, घुम्निे, ढुल्ने जस्ता मन भएका व्यक्तिहरु पनि रहेका हुन्छ जुन यस्ता कार्य गरिरहनु पनि राम्रो हैन । मनलाई स्थिर राख्नु पर्दछ जसका लागि नियमित रुपमा योगासन गर्नू पर्दछ । मनको स्थिति शून्य हुनुपर्दछ, मनलाई चलाइ रहनु हुदैन जव कुनै पनि समस्याहरु आउछ वा मनको प्रयोग गर्नू पर्छ त्यहाँ मात्र मनमा तर्क वितर्क गर्नुपर्दछ । यस्तो कार्य व्यवहारमा ल्याउन कठिन छ तर योग अभ्यासले त्यो सम्भव रहेको हुन्छ । मनको वृतिलाई शान्ति राख्नु नै योग हो । जुन कार्य गरिरहेको छ त्यसैमा ध्यान दिनु, कार्यमा स्थिर रहनु, मनको राम्रो योग हो ।
आवश्यक परेको बेला मात्र मनको प्रयोग गर्नू पर्दछ अनावश्यक रुपमा मनमा हजारैँ कुराहरु खेलाउनु हुदैँन त्यसैले हाम्रो यस्तो अस्थिर मनलाई स्थिरमा ल्याउन योगासन गरिरहनु पर्दछ ।
योगासनलाई वातावरण र खानपिनले कस्तो असर गर्दछ ?
वातावरण भन्नाले व्यक्तिको बाहिरी र शरिर भित्रको भन्ने कुरा बुझ्नु पर्दछ । योग गर्दा होस् या अन्ने क्रियाकलाप गर्दा होस् त्यसका लागि उपयुक्त वातावरणको आवश्यक्ता पर्दछ । योग र ध्यान गर्दा शान्त वातावरणको आवश्यक्ता पर्दछ भने मनको भित्री वातावरण पनि शान्त हुनुपर्दछ जस्ले गर्दा मनलाई स्थिर बनाउन सघाउ पुराउछ ।
हामी योगासनमा बस्दा खेरी धेरै भोक लाग्ने हुन्छ । त्यसका लागि स्वास्थ खानपिनको आवश्यक्ता पर्दछ । खानामा हामीले मह, ध्यू, हरियो सागपात, सुख्खा रोटि, पहेला फलफुल, जस्ता कर्म संस्कार अनुसारका खानाहरु दिनमा चार देखि पाच चोटि खानुपर्दछ । मद्यपान जस्ता कुलतहरुको सेवनहरुबाट टाढै बस्नु पर्दछ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation