८ कार्तिक २०८३, शनिबार

सन्दीपको मुद्दामा आज पनि सुनुवाई हुँदै

  • १५ फागुन २०७९, सोमबार
Image

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेसम्बन्धी र विदेश भ्रमणको अनुमति पाउने वा नपाउनेसम्बन्धी दुईवटा निवेदनमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुने भएको छ। 

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले सर्तसहित धरौटीमा रिहा गरेपछि सो आदेशविरुद्ध सर्वोच्चमा निवेदन परेको छ भने उच्च अदालतले विदेश भ्र्रमण गर्न नपाउने सर्त राखेकोमा सन्दीपले भ्रमणको अनुमति माग्दै सर्वोच्चमा निवेदन दिएका थिए। यी दुवै निवेदनमाथि एकैसाथ राखेर आइतबार पनि सुनुवाई भएको थियो। तर, आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। 

सोमबार पनि दुवै निवेदनमाथि एकसाथ राखेर सुनुवाई हुने गरी पेसीमा चढाइएको छ। सन्दीपमाथिको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। 

प्रतिक्रिया

सम्बन्धित खवर