८ कार्तिक २०८३, शनिबार

विवाहमा ३ पटक आर्थिक सहयोग गर्न गइन मेयर, घरमा छैन बिहे

  • २५ माघ २०८०, बिहिबार
Image

काठमाडौं- मौलापुर नगरपालिका–९ सोनखियाका महिन्द्र राय यादवले छोरीको बिहे भन्दै नगरपालिकाबाट ३० हजार रुपैयाँ आर्थिक सहायता लिन खोजेको खुलासा भएको छ।उनले छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर  नगरपालिकाबाट आर्थिक सहयोग लिन खोजेका हुन्।

 

महिन्द्रले बिहीबार  माघ २५ गते  छोरीको बिहे रहेको भन्दै निमन्त्रणा कार्ड छपाएका थिए । त्यसपछी वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले  कार्डको आधारमा उनलाई आर्थिक सहयोग गरिदिन सिफारिस गरे

 

वडाध्यक्षको सिफारिसका आधारमा ३० हजार रुपैयाँको चेक लिएर नगर प्रमुख रिना कुमारी साह बिहीबार महिन्द्रको घर पुग्दा, घरमा विवाहको कार्यक्रम नै नरहेको  उनले बताइन् ।

 

म आर्थिक सहयोगका लागि चेक लिएर ३ पटक उनको घर पुगेँ । घरमा बिहे नै छैन । उहाँको श्रीमतीलाई सोध्दा २–३ दिनअघि नै मन्दिरमा बिहे भइसक्यो भन्नुभयो’, नगर प्रमुख साहले भनिन् ‘छिमेकसंग सोध्दा उहाँको घरमा बिहे थिएन् ।’

 

दोस्रो कार्यकालसमेत निर्वाचित मेयर साहका अनुसार २०७४ सालदेखि नगरपालिका भित्रका विपन्न परिवारको छोरीको बिहेमा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ ।

 

त्यसका लागि बिहेको कार्डसहित वडा कार्यालयबाट एक हप्ताअघि सिफारिस पेशगर्नु पर्छ । त्यसै आधारमा नगरपालिकाले रकम सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर