८ कार्तिक २०८३, शनिबार

पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा बाराको कलैयामा दीप प्रज्ज्वलन

  • २५ फागुन २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा बाराको कलैयामा दीप प्रज्ज्वलन गरिएको छ।

कलैयाको भरत चोकमा नेपाल तरुण दल बाराको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो। संघीय संसद्‍मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका छन्।

उनी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उनलाई सबैतिरबाट बधाई प्राप्त भइरहेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर