काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका नेतालाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ। माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलर समेत जारी गरेको छ।
बैठकको निर्णयानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन। समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन मातहतको कमिटीलाई निर्देशन दिएको छ।
यसरी सिफारिस भएका नेताको नाम २० भदौभित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले पनि समानुपातिक सूचीमा यसअघि सिफारिस भएका नेताहरुलाई फेरि समानुपातिक सूचीमा नदोहोर्याउने निर्णय गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation