८ कार्तिक २०८३, शनिबार

ग्राहकको सहजताका लागि विद्युत् प्राधिकरणले ल्यायो मोबाइल एप

  • १६ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न मोबाइल एप सञ्चालनमा ल्याएको छ। 

मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो। 

गुनासो व्यवस्थापन समेत गर्न सकिने गरी मोबाइल एप एनईए सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। मोबाइलको प्ले स्टोरमा गएर एनईए अफिसियल एप डाउनलोड गरेर आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर