२३ वैशाख २०८१, आइतबार

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

  • ८ फागुन २०७९, सोमबार
Image

काठमाडौं- पूर्वमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। ८८ वर्षीय श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। 

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।  

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए। उनको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ।

नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरूलाई आन्दोलनमा ल्याउन उनको नेतृत्वदायी भूमिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर