५ जेठ २०८१, शनिबार

काठमाडौंको न्युनतम तापक्रम ८ दशमलव २ डिग्री

  • २९ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्नाका साथै पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी  २४  घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार भने उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। 

मौसमविद् मानन्धरका अनुसार आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ। ‘हिजो राति आकाशमा बादल लागेको थियो’, उनले भनिन्। 

प्रतिक्रिया

सम्बन्धित खवर