५ जेठ २०८१, शनिबार

नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको छ : प्रधानमन्त्री

  • ८ माघ २०७९, आइतबार
Image

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन्।

आइतबार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको बताए।

उनले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्ध लडाईं जारी रहेको बताए। प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले उत्पीडित जातिहरूलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको बताए। नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर