१४ जेठ २०८१, सोमबार

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस विजयी

  • २ जेठ २०७९, सोमबार
Image

धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका टेकबहादुर साउँद विजयी भएका छन्।

एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन्।

टेकबहादुरले  ३ हजार १ सय १२ मत पाएका छन्। एमालेका  लोकबहादुरले २ हजार ६ सय १४ मत पाएर पराजित भए।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल निर्वाचित भएकी छिन्। उनले २ हजार ७ सय ३१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन्।

प्रतिक्रिया

सम्बन्धित खवर