८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण : भूमि सट्टापट्टाको विकल्प प्रस्ताव गरेको छैन

  • २२ जेठ २०८०, सोमबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि सट्टापट्टा गर्ने विकल्प यो भनेर आफूले कुनै किसिमकाे प्रस्ताव नगरेको बताएका छन्।

संसदमा जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन। प्रस्ट होस्। कालापानी, लिम्पियाधुरा लिपुलेक नेपाली भूमि हो। घुमाउने कोशिश नगरौँ।’

नभएको हल्ला गरेकाले आफू चिन्तित र पीडित भएको उनले बताए। भारतीय प्रधानमन्त्री मोदीसँग सीमा विवाद हल गर्न खुलस्त कुरा भएको उनले बताए । ‘हिमालको उचाइमा पुर्‍याइन्छ भनेर बोलेको पहिलो पटक हो । सुपरहिट सम्बन्ध भनेको पहिलो पटक हो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर