काठमाडौं- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका छन्।
राजनीतिक संयन्त्रको बैठकअघि पार्टीको केन्द्रीय सचिवालय बैठक डाकेका ओली सचिवालय बैठकबाट प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार अहिले दुई नेताबीच छलफल जारी रहेको छ।
तीन बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्ता साझेदार दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो।
तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बसेका हुन्। अब दुई नेताको छलफलपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation