८ कार्तिक २०८३, शनिबार

प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा सांसद बस्नेतले लिने

  • १५ माघ २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिने भएका छन्। त्यस्तै, सांसद बस्नेतले आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता लिएका हुन्।

इलामका व्यवसायी आचार्यले गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका थिए। उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेका थिए। उनले परिवारलाई भेटेर सान्त्वना दिने प्रयास गरेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘स्व। प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत  गरेको थिए र आज प्रेम प्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु। जय नेपाल!’

प्रतिक्रिया

सम्बन्धित खवर