४ जेठ २०८१, शुक्रबार

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

  • ८ माघ २०७९, आइतबार
Image

चितवन- भरतपुर महानगरपालिका-२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ।  शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा  भेटिएको हो। भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए।

तिवारीका अनुसार  प्राकृतिक कारणले गौँडाको बच्चा मरेको हुन सक्छ। चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन्। ती मध्ये आठ कालगतिले मरेका हुन्। दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो।  

प्रतिक्रिया

सम्बन्धित खवर