९ कार्तिक २०८३, आइतबार

टी-२० विश्वकप : इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य

  • २४ कार्तिक २०७९, बिहिबार
Image

काठमाडौं- अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ।

एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए। यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए।

ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए। इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए। क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए। आज भारत र इंग्ल्यान्ड जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन्। यस खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ।  फाइनल खेल आइतबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर