५ जेठ २०८१, शनिबार

गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध - गृहमन्त्री खाण

  • ५ चैत २०७८, शनिबार
Image

शनिबार रुपन्देहीको बुटवलस्थित तामनगर—फर्साटिकर सडकखण्डअन्तर्गत दानव नदीको नवनिर्मित पक्की पुलको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले विकास निर्माणका काममा अनावश्यक राजनीति नगर्न आग्रह गरे ।सरकार जनतालाई विकासको अनुभूति दिलाउन प्रयासरत रहेको उनले बताए । उनले जनताको विकासको चाहनालाई हरसम्भव पूरा गर्ने बताए ।

गृहमन्त्री खाणले तीन तहको निर्वाचन समयमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

गृहमन्त्री खाणले एमसीसी परियोजना मुलुक र जनताको हितमा रहेको बताएका छन् । उनले एमसीसीका विरुद्ध कम्युनिस्टहरूले अनावश्यक रुपमा भ्रम र अफवाह फैलाउने कार्य गरेको बताए ।आगामी निर्वाचन र निर्वाचनपछिसम्म पनि वर्तमान सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका काममा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करीव १४ करोड रुपियाँको लागतमा निर्माण भएको पक्की पुल निर्धारित समयमा सम्पन्न भएको जानकारी दिएका छन् ।उनले तिनाउ र दानव नदीमा निर्माणाधीन अन्य पुलहरू पनि छिट्टै सम्पन्न हुने बताएका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर