काठमाडौं- बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका थिए। शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरु र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित थिए।
नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौं महानगरपालिका–३० का स्थायी बासिन्दा हुन। उनले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गरेका छन्।
यसअघि उनले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनको केन्द्रीय सचिव पदमा निर्वाचित हुँदादेखि राजनीतिक जीवन सुरु गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation