९ कार्तिक २०८३, आइतबार

कर्णालीमा सभामुखको निर्वाचन १ माघमा हुने

  • २५ पुष २०७९, सोमबार
Image

सुर्खेत- कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि १ माघमा निर्वाचन हुने भएको छ। सोमबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो।

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको जानकारी दिए।

उनले प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन्। प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्ने भएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर