८ कार्तिक २०८३, शनिबार

कस्तो रहला आजको मौसम?

  • २३ पुष २०७९, शनिबार
Image

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक बदली  रही  तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ। 

तराईका धेरै भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर