३१ असार २०८१, आइतबार

प्युठान जिप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

  • २९ साउन २०७९, आइतबार
Image

बुटवल- प्युठानमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् ।

उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ।

आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको मृत्यु भएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर