पाल्पा- जिल्लाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ।
बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८:३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation