८ कार्तिक २०८३, शनिबार

दोलखामा माओवादीका कार्की ७४३ मतले अगाडि

  • १६ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना  सुरू भइरहेको छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका  गङ्गा कार्कीले अग्रता लिएका छन्। 

कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले  ५२ मत पाएका छन्।

दोलखामा यसअघि नेकपा एमालेले धाँधली भएको आरोप लगाएपछि निर्वाचन आयोगले पुन: मतदान गराएको थियो। बिहीबार मतदान सकिएको केही समयमै गणना सुरु गरिएको हो। 

दोलखाका १० वटा बुथमा बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो। 

 

प्रतिक्रिया

सम्बन्धित खवर