३१ असार २०८१, आइतबार

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

  • ३१ भदौ २०८०, आइतबार
Image

काठमाडौं- सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार साँझ भएको सहमतिसँगै चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ।

डाक्टरहरूको आन्दोलनका कारण आइतबार आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएका थिए। हेटौँडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आन्दोलन थालेका थिए।

आन्दोलनरत चिकित्सकसँग वार्ताका लागि स्वास्थ्य मन्त्रालयले वार्ता समिति बनाएको थियो । सन्चो अस्पतालमा ड्युटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

उक्त घटनामा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाएको छ। त्यस्तै तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

त्यस्तै नेपाल चिकित्सक संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्दलगायतका घोषिक सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति पनि भएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर