काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल किसान संघले देशमा बढ्दै गएको चिसोका कारण जनजिवन कष्टकर भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
किसान संघले चिसोले गरिब, विद्यार्थी, किसान र मजदुरवर्ग बढी समस्यामा परेको र मृत्युवरण समेत गर्नु परेको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।
'खुल्ला आकासमुनि बस्न बाध्य पीडितलाई राज्यले कुनैपनि प्रकारको राहत एवं सुविधा दिन नसक्नु अत्यन्त दुखद विषय हो।' संघका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पीडितहरूको जीवन रक्षाका लागि न्यानो कपडा, इन्धन र दाउरा लगायतका सामाग्रीहरू यथाशीघ्र वितरणका लागि आ-आफ्ना जिल्लामा नेपाल किसान संघ जिल्ला कार्यसमितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउन अनुरोध गरेको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation