१९ वैशाख २०८१, बुधबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

  • ९ वैशाख २०८०, शनिबार
Image

पाखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन्।

त्यसका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बस्दै छ। नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गत चैत १० गतेदेखि सरकार अल्पमतमा छ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत पुग्न ३१ सांसदले साथ दिनुपर्छ। 

प्रतिक्रिया

सम्बन्धित खवर