८ कार्तिक २०८३, शनिबार

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक

  • १७ पुष २०७९, आइतबार
Image

काठमाडौं- दुई दिन लगातार चलेको पार्टीको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय गर्न नसकेपछि नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो बैठक बोलाएको छ।

सरकारमा जाने या नजाने तथा सरकारलाई समर्थन गर्ने या नगर्ने विषयमा स्थायी कमिटीका सदस्यहरूबीच मत बाझिएको थियो। पछिल्लो राजनीतिक समीकरण र सरकारको विषयमा पोलिटब्युरोले निर्णय लिने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ। खतिवडाका अनुसार स्थायी कमिटी बैठकले पार्टी एकताको खास आवश्यकता नरहेको तर वाम ध्रुवीकरण भने आवश्यक रहेको निष्कर्ष निकालेको छ।

केही स्थायी कमिटी सदस्यहरूले सरकारलाई समर्थन गरेर आफू पनि सहभागी हुनुपर्ने बताएका थिए भने केहीले यो विषय आफूहरूको प्राथमिकतामा नरहेको टिप्पणी गरेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर