८ कार्तिक २०८३, शनिबार

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची

  • २ माघ २०७९, सोमबार
Image

काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ। ​आईओसीले हरेक १५ दिनमा पठाउने यस्तो मूल्यसूची हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा पठाउने गरेको छ।

यस्तो नयाँ मूल्यसूचीअनुसार आयल निगमलाई आईओसीले यसपटक पेट्रोलमा बढाएर पठाएको छ। आईओसीले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको आयाल निगमले जानकारी दिएको छ।

निगमका अनुसार डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। पेट्रोलमा बढेको र डिजेल तथा मट्टितेलमा घटेको मूल्यअनुसार नेपालमा समायोजन गर्ने अधिकार आयल निगमलाई छ। निगमले भोलि नयाँ मूल्यसूची सार्वजनिक गर्ने बताएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर