८ कार्तिक २०८३, शनिबार

लुम्बिनी एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत

  • १७ पुष २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा  पोलिटब्यूरो सदस्य लिला गिरी सर्वसम्मत चयन भएका छन्।

लुम्बिनी प्रदेशसभा सहईन्चार्जसमेत रहेका गिरीलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय भएको नेकपा एमालेका नेता डा बालकृष्ण चापागाईंले जानकारी दिए। दलको नेतामा अर्घाखाँचीका चेतनारायण आचार्यले पनि आकांक्षा राखेका थिए। तर उनी अन्तिममा सहमतिमा आएका हुन्।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए। उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन्। एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर