सुर्खेत- कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो।
सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए। चार आकांक्षीबीच मंगलबार भएको सहमतिको प्रयास असफल भएको थियो।
तर बुधबार शर्माको नाममा सहमति जुटेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation