९ कार्तिक २०८३, आइतबार

मध्यराति बागलुङमा भूकम्पको झट्का

  • १३ पुष २०७९, बुधबार
Image

काठमाडौं- मध्यराति बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बागलङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रबाट प्राप्त रिडिङ अनुसार बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १:२३ बजे ४.७ तीब्रताको भूकम्प गएको थियो।

केन्द्रले ट्वीट गर्दै राति १:२३ बजे बागलुङ अधिकारी चौर वरपर ४.७ म्याग्निच्युटको भूकम्प गएको उल्लेख गरेको छ।

त्यसपछि ५.३ रेक्टरको भूकम्प खुंगामा केन्द्र बनाएर राति २:०७ बजे गएको केन्द्रले जनाएको छ। बिहान करिब चार बजेतिर अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पले पुर्‍याएको क्षतीका बारेमा अहिलेसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर