१८ चैत २०७९, शनिबार

नेपालमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै छैन : पर्यटनमन्त्री किराती

  • ४ चैत २०७९, शनिबार
Image

काठमाडौं- नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्विकार गरे।

उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणासमेत गरे। रैथाने स्वाद र संस्कृतिसहित अबको पर्यटन हुनुपर्ने उनको भनाइ थियो। मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको बताए।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरू नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरू लोप हुने अवस्था पुगेको बताए। उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए। 

प्रतिक्रिया

सम्बन्धित खवर