८ कार्तिक २०८३, शनिबार

चार्ल्स शोभराजलाई आजै अध्यागमन विभागमा जिम्मा लगाउने तयारी

  • ७ पुष २०७९, बिहिबार
Image

काठमाडौं- सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन्।

रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ। अहिले थुनामुक्त गर्ने प्रक्रिया जारी रहेको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए।

अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर