काठमाडौं- न्याय परिषद्को बैठकले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले सिफारिस गरेको हो।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ।
सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्। आज बसेको परिषद बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरूवा पनि गरेको छ।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation