काठमाडौं- करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन्।
कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए।
घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation