काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सव-ईन्जिनियरलाई पोखराबाट पक्राउ गरेको छ। बाटो निर्माण गर्दा जग्गा पर्नेगरी गरिदिने भन्दै १५ हजार घुस लिने सव-ईन्जिनियरलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो।
पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बिकलाई घुस लिएको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो।
विकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation