गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रथम खुल्ला महिला गोकर्णेश्वर नगरपालिका उप-मेयर कप '7-A SIDE फुटवल प्रतियोगिता संचालन हुन गइरहेको छ। आषाढ ०६ गते देखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिताका लागि वडा, कल्वहरू, गाँउपालिका नगरपालिका र जिल्ला संग समन्वय गरि इच्छुक टिमले मिति २०८० साल आषाढ ४ गते सम्म टिम दर्ता फाराम पूर्ण रूपले भरी टिम दर्ता गर्नुपर्ने युवा तथा खेलदकु समितिका अध्यक्ष संजय लामाले जानकारी दिए । खेलमा प्रथम हुने टिमलाई नगद १ लाख ३६ हजार (कर सहित )ट्रफी मेडल सर्टिफिकेट दोश्रो हुनेलाई ६८ हजार (कर सहित )ट्रफी मेडल सर्टिफिकेट र म्यान अफ द म्याच रु २ हजार र ट्रफीको पुरस्कार रहेको आयोजक समितिले जानकारी दियो।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation