८ कार्तिक २०८३, शनिबार

जापानमा बच्चा पाउने दम्पतीलाई ६ लाख रुपैयाँ पुरस्कार

  • २७ मंसिर २०७९, मङ्गलबार
Image

एजेन्सी- जापानमा युवा पुस्ताको संख्या लगातार घटिरहेकाले त्यहाँको सरकारले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ।

सरकारले मानिसहरूलाई सन्तान उत्पादन गर्नका लागि प्रेरणा दिन सबै किसिमका कार्यक्रम ल्याएको छ। जापान टुडे पत्रिकाका अनुसार, सरकारले बच्चा जन्माउनका लागि दिइने सहयोग राशि बढाउने भएको छ।

स्वास्थ्यमन्त्री काचुनोबु कातोले प्रधानमन्त्री फुमिओ किशिदासँग भेटेर सहयोग राशि थप ७६ हजार रुपैयाँ बढाउन प्रस्ताव गरेका हुन्। थपिएको राशि जोड्दा लगभग ६ लाख रुपैयाँ हुन पुग्छ। सन् २०२३ देखि नयाँ पुरस्कार राशि लागू गरिनेछ।

सरकारको आँकडाअनुसार, सन् २०२१ मा जापानको इतिहासमै सबभन्दा कम बच्चा जन्मेका थिए । घट्दो जनसंख्याको डरलाई त्यस आँकडाले थप बढाएको छ। रोयटर्स समाचार संस्थाको रिपोर्टमा उल्लेख भएअनुसार, सन् २०२१ मा ८ लाख ११ हजार ६०४ बच्चा जन्मेकोमा मृत्यु हुने व्यक्तिको संख्या १४ लाखभन्दा बढी थियो।

जापान सरकारले घरजम गर्न इच्छुक जोडीलाई ६ लाख येन दिने घोषणा गरेको छ। मानिसहरूले विवाह गरेर छिटो बच्चा जन्माऊन् र घट्दो जन्मदरमा नियन्त्रण कायम गर्न सकियोस् भन्ने सरकारको सोच हो।

प्रतिक्रिया

सम्बन्धित खवर