काठमाडौं- प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत दोलखामा नेकपा माओवादी र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। यसअघि दुई हजार मतान्तरले पछि परेका सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की २६९ मतले अगाडि छन्।
आइतवार अपरान्हसम्म नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता रहेको अवस्थामा साँझदेखि माओवादी केन्द्रका गंगा कार्कीले उछिनेका छ्न।
जारी मतगणनामा पछिल्लो मतपरिणाम आउँदा माओवादीका कार्की २१ हजार ४१२ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २१ हजार १४३ मतसहित पछि परेका छन्।
यसअघि सुरुवातामा माओवादीका कार्कीले अग्रता बनाएको थियो भने पछि शिवाकोटीले अग्रता लिएका थिए। हालसम्म ४९ हजार ६३५ मत गनिसक्दा माओवादीका कार्कीले अग्रता बनाएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation