१५ चैत २०८०, बिहिबार

देउवा-ओली निर्णायक वार्ता बालकोटमा

  • १३ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट हिँडेका छन्।

अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिका सम्भावित खाका तय गर्नका लागि पहिले नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाइसकेका छन्।

ओलीका प्रेस संयाेजक रामशरण बजगाइँले अध्यक्ष ओलीसँग खड्का र कार्कीले छलफल गरिरहेको र प्रधानमन्त्री देउवा आउन लागेको जानकारी दिए। छलफलमा सहभागी हुन कांग्रेस महामन्त्री गगन थापा पनि बालकोट हिँडेका छन्।

यसअघि बिहीबार पनि एमाले र कांग्रेस नेतृत्वबीच एमसीसी पास गर्ने र सम्भावित सत्ता साझेदारीका लागि दुई पटकसम्म वार्ता भएको थियो। त्यसपछि ओली शुक्रबार बिहानै पोखरातिर लागेका थिए। तर कांग्रेससँग वार्ता हुने भएपछि उनी पोखराको पार्टी प्रवेश कार्यक्रमलाई सुरुमै सम्बोधन गरेर आजै काठमाडौं फर्किए छन्।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग र दिउँसाे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग संवाद गरेका छन्।

संसद्‍मा टेबल भएको एमसीसी पास गर्ने पक्षमा रहेको कांग्रेसलाई सत्ता गठबन्धनकै अन्य दलहरूले साथ नदिएपछि देउवाले एमालेसँगकाे संवाद थालनी गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर