काठमाडौं- नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ। समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
यस्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनेको उनले बताए। परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने गुरुङले बताए। यस्तै बैठकले एमालेले पार्टीका विभिन्न विभाग सचिव मनोनित गरेको छ।
यता बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।
गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ सात गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation