काठमाडौं- अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। समूह डी अन्तर्गतको आज भएको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलियाले जित निकालेको हो।
उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए। योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी बनेका छन्। यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए।
विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जित पनि हो। समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो।
ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो। अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित राखेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation